नेपाल सरकार

अर्थ मन्त्रालय

राजस्व अनुसन्धान विभाग

हरिहरभवन, नेपाल

"जनतालाई सम्मान र सेवा: सुशासनलाई टेवा"

  • DRI

परिचय

राजस्व अनुसन्धान विभागको स्थापना वि. सं २०५० सालमा भएको हो । यस पूर्व वि.सं २०३४ मा  अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखा स्थापना भई राजस्व अनुसन्धान र आर्थिक अपराध नियन्त्रण गर्ने कार्यको थालनी भएको थियो । वि.सं. २०५० सालमा उक्त महाशाखालाई राजस्व अनुसन्धान विभागको रुपमा रुपान्तरण गरी यस विभागको स्थापना भएको हो । विभाग हाल हरिहर भवन ललितपुरमा रहेको छ ।
हाल यस विभाग अन्तर्गत चार वटा क्षेत्रीय इकाई कार्यालयहरु (पूर्वाञ्चलको इटहरी, मध्यमाञ्चलको पथलैया, पश्चिमाञ्चलको वुटवल र मध्य तथा सुदूरपश्चिमाञ्चलको कोहलपुर) रहेका छन् । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२, विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ अन्तर्गत तोकिएका कार्यहरु सम्पन्न गर्ने जिम्मेवारी यस विभागलाई सुम्पिएको छ । विभाग र अन्तर्गतका पदाधिकारीहरुलाई नेपाल सरकारवाट भन्सार ऐन, २०६४, मूल्य अभिवद्धि कर ऐन, २०५२ तथा अन्तःशुल्क ऐन, २०५८ अनुरुप भन्सार अधिकृत, कर अधिकृत र अन्तःशुल्क अधिकृतको समेत अधिकार प्रयोग गर्न पाउने गरी अधिकार प्रत्यायोजन गरिएको छ । यस विभागलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन अनुसार जुनसुकै निकाय र विषयका  विज्ञ–विशेषज्ञ तथा  कर्मचारीहरु परिचालन गर्न सक्ने अधिकार पनि रहेको छ ।
प्रारम्भमा कर राजस्व चुहावटको अनुसन्धान, तहकिकात र नियन्त्रण गर्ने जिम्मेवारी पाएको यस विभागले आ.व. २०६५/६६ देखि गैरकर राजस्वको समेत अनुसन्धान, तहकिकात र कारवाही गर्ने जिम्मेवारी पाएको छ । त्यसैगरी विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ अन्तर्गत विदेशी विनिमयको अपचलनको रोकथाम तथा नियन्त्रणको अनुसन्धान सम्वन्धी कार्य पनि यस विभागको कार्यक्षेत्र अन्तर्गत तोकिएको छ । अतः समग्र राजस्व चुहावट एवं नियन्त्रण गर्ने कार्यका लागि यो विभाग जिम्मेवार रहेको छ ।

निर्मलहरि अधिकारी
महानिर्देशक

गोविन्द बहादुर वानिया
उप-महानिर्देशक

सूचना अधिकारी


देवी प्रसाद थपलिया
सूचना अधिकारी
मो. ९८४१३८३२५१

फोटो ग्यालरीथप हेर्नुहोस